लागुऔषध सहित मकवानपुरका एक युवक पक्राउ

हेटौंडा टुडे
२ कार्तिक २०८०, बिहीबार १२:०४

हेटौंडा। मकवानपुरका एक युवक लागुऔषध गाँजाको धुलो सहित पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–८ मातातीर्थबाट लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ ३ किलोसहित पक्राउ गरेको हो ।पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नं।९ घर भएका २२ वर्षीय श्रीकृष्ण बल रहेका छन् । प्रहरी चौकी माथातीर्थबाट खटिएको प्रहरीले उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बा।प्र०२–०१९ प ९६०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*