मकवानपुरको भिमफेदीमा ट्रक दुर्घटना हुदा ५ जना घाइते

हेटौंडा टुडे
२०८० मंसिर २०, बुधबार १३:४० गते

हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरको भिमफेदी-८ गगटेमा ट्रक दुर्घटना हुदा कम्तिमा ५ जना घाइते भएका छन्।बुधवार दिउसो परालको भुसा बोकेर काठमाडौ जादै गरेको ना ८ ख ६४९९ नम्बरको ट्रक भिमफेदी-८ गगटे नजिक पल्टिएको हो । दुर्घटनामा घाइतेलाई ईलाका प्रहरी कार्यालय ठिङगनको टोलीले उद्दार गरी उपचारको लागी हेटौंडा पठाएको छ । घाइते परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।ट्रक सडकमै पल्टिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*