हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं।१५ रातोमाटेबाट १० बोरा चिनी बरामद गरेको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत अमलेखगञ्ज तर्फबाट काठमाडौं तर्फ जाँदै गरेको बा।प्र।०३–००१ ख २५४० नम्बरको बसबाट १० वटा बोरामा २५० किलोग्राम अबैध चिनी बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार उक्त चिनी २५ हजार मुल्य बराबरको रहेको छ ।
सेयर गर्नुहोस्