पुष्पलाल पार्कदेखि मकवानपुरको फाखेल जोड्ने सडक निर्माणको माग

हेटौंडा टुडे
२०८० मंसिर २४, आईतवार ११:५८ गते

हेटौडा । कीर्तिपुरस्थित पुष्पलाल पार्कदेखि मकवानपुरको फाखेल जोड्ने सडक निर्माणको माग भएको छ ।शुक्रबार एक कार्यक्रमबिच नेकपा  माओवादी केन्द्र  को केन्द्रीय सदस्य सूर्य सुवेदीको नेतृत्वमा गएको एक समूहले पुष्पलाल पार्कदेखि मकवानपुरको फाखेल जोड्ने सडक निर्माणको माग गरेको हो। त्यसैगरी पुष्पलाल पार्कदेखि चम्पादेवी मन्दिरसम्म जाने केबुलकार निर्माणसहित विभिन्न २४ बुँदे माग राखेको हो ।

माग सुनवाइ गर्नुहुँदै कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का कार्यवाहक वडा अध्यक्ष दिनेशचन्द दाहालले ती मागप्रति सकारात्मक रहेको बताउनुभयो । उहाँले माग सम्बोधनका लागि सम्बद्ध पक्षसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा ९माओवादी केन्द्र०का वडा कमिटीका अध्यक्ष राकेश बुढाथोकी र सचिव राकेश विष्टको हस्ताक्षर रहेको सो ज्ञापनपत्रमा वडामा रहेका स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति, विद्यालयको शैक्षिक गुणस्तर बढाउन माग गरिएको छ । उक्त क्षेत्रका सडक सञ्जाललाई कालोपत्रे, कृषि पेसाको व्यवसायीकरणको सवाललाई समेत मागमा समेटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*