हेटौँडा । हेटौँडामा मोटरसाइकलको ठक्करबाट तालिमका लागि दौडि रहेका एकजना प्रहरी जवानको मृत्यु भएको छ भने २ प्रहरी जवान घाइते भएका छन ।बुधबार बिहान पूर्व पश्चिम राजमार्ग अन्र्तगत हेटौँडा–११ थानाभर्याङमा हेटौडा बजारबाट नवलपुर तर्फ जादै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले बागमती प्रदेश प्रहरी गण हेटौडामा कार्यरत डडेलधुरा आलिताल–६ घर भएका २५ बर्षीय प्रहरी जवान बिनोद एडीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जनाएका छन् । उक्त घटनामा मोटरसाइकल अनियन्त्रीत भई पल्टिदा चालक हेटौँडा–४ मा ४१ बर्षीय लक्ष्मण लामा र सोही गणमा कार्यरत प्रहरी जवानहरु नवराज सार्की र बिजय खत्री समेत घाइते भएको जनाइएको छ । मोटरसाइकल चालकलाई उपचारको लागि चितवन पठाइएको र २ जना प्रहरी जवानको हेटौँडा अस्पतालमा उपचार पछि डिस्चार्ज भएको जनाइएको छ ।






















