हेटौंडाको २५ मिटर सडक विस्तारविरुद्ध परेको रिट खारेज

हेटौंडा टुडे
२०८० पुष १८, बुधबार १०:४८ गते

हेटौंडा । सर्वोच्च अदालतले हेटौंडा बजार क्षेत्र भित्र पर्ने २५ मिटर सडक विस्तारविरुद्ध परेको रिट खारेज गरेको छ ।मंगलबार सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले हेटौंडा बजार क्षेत्र भित्र पर्ने २५ मिटर सडक विस्तारविरुद्ध परेको रिट खारेज गरेको हो ।

अदालतले गत असार ३१ गतेदेखि साउन २४ सम्ममा दर्ता भएका हेटौंडा बजार क्षेत्र अन्तर्गत राजमार्गको सडक विस्तारविरुद्धका तीन सय रिट निवेदन खारेज गरेको हो । रिट खारेज भएसँगै हेटौडाको मुख्य सडक विस्तार गर्न सडक डिभिजन कार्यालय हेटौंडालाई बाटो खुलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*