मकवानपुरगढी – ३ बाट एक महिला पाँच दिन देखि सम्पर्क बिहिन

हेटौंडा टुडे
१९ पुष २०८०, बिहीबार १३:५१

हेटौडा । मकवानपुरगढी ३ मा एक महिला बिगत पाँच दिन देखि परिवारको सम्पर्क बिहिन भएका छन् । उनि गत पुष १५ गते बिहान देखि परिवारको सम्पर्कमा नआएको परिवार श्रोतले जनाएका छन ।

परिवारका अनुसार ममता कुमाल  शाह नाम गरेकी महिलाको काखमा एक बर्षको छोरी समिक्षा शाह पनि संगै छिन । १५ गते बिहान मकवानपुरगढी गाउँपलिका वडा नम्बर- ६ डूब्रेकुनाबाट बस मा चढेर आमा छोरी हेटौंडा तर्फ हिडेँका प्रत्येक्षदर्शी जनाएको ममताको श्रीमान् समिर शाह बताउछन । श्रीमान समीरका अनुसार उनकी श्रीमती ममताले पिंङ्क कलरको कुर्ता सुरुवाल लगाएको जनाएका छन ।

श्रीमान समिर आफ्नो श्रीमती ममता परिवारको सम्पर्कमा नआएपछि अहिले खोजि गरिदिन आग्रह गर्दै आफुहरु सञ्चारम माध्यम सम्म आएको र श्रीमती खोजि कार्य गर्नको लागि आफुहरुले पुलिस रिपोर्ट पनि गरिसकेको जानकारि दिनु भएको छ ।

आफ्नो श्रीमती र दुई बर्षे छोरी हराई रहेको हुदा आफु पर्खेर बसिरहेको र हराएको दिन बिहानै देखि आफन्त साथीभाई , माईति मावली तिर पनि खोजि गरेको बताउछन साथै चिन्नु हुने वा देख्नु हुनेले पनि खोजि गरिदीनका लागि सबैमा अपिल गर्नु भएको छ र आफ्नी श्रीमतीलाई कसैले देखे वा भेटेमा आफुहरुलाइ ९८४०५१११८२ नम्बरमा सम्पर्क गरिदिनु हुन पनि श्रीमान समिर शाहले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*