बागमती प्रदेशमा खुल्यो १११३ कर्मचारीको आवेदन

हेटौंडा टुडे
८ माघ २०८०, सोमबार ११:४८

हेटौंडा । बागमती प्रदेशमा ११ सय १३ कर्मचारीको आवेदन खुलेको छ । बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका लागि स्थायी सेवामा पदपूर्ति गर्न ११ सय १३ कर्मचारीको आवेदन खुलाएको हो ।
आयोगले प्रदेश र स्थानीय तहका प्रशासन, लेखा, इन्जिनियरिङ, शिक्षा, स्वास्थ्यलगायत विभिन्न सेवाका पाँचौं तहका पदमा सोमबार आवेदन मागेको छ । जसमा स्थानीय तहको प्रशासन सेवाको पाँचौं तहमा खुलातर्फ ११३ जना, प्रदेशतर्फ २९ सिटमा आवेदन खुलाइएको छ । त्यस्तै, प्रदेशमा २७ र स्थानीयमा ४१ सव–इन्जिनियरको माग गरिएको छ । आयोगले प्रदेशतर्फ खुलामा ९७ स्टाफ नर्सका लागि आवेदन मागिएको छ ।
यसका लागि माघ २८ गतेभित्र आवेदन दिन सकिने आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*