हेटौडा । यस पटक शहीद दिवस अवसरमा सार्वजनिक बिदा नहुने भएको छ । सरकारले माघ १६ गते पर्ने शहीद दिवसमा यस पटक सार्वजनिक बिदा नदिने तर राष्ट्रिय पर्वका रूपमा मनाउने भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले मन्त्रिपरिषद्को बैठकले शहीद दिवसमा सार्वजनिक बिदा दिने गरेको थियो तर यो वर्षको बिदा गत वर्ष नै निर्धारण भएको हुनाले बिदा नदिने तर अन्य कार्यक्रम गरेर शहीद दिवस माइने बताए ।शहीद दिवसलाई राष्ट्रिय रूपमा मनाइने छ । तर, सरकारी कार्यालयहरू खुल्ने छन् । शहीद दिवसमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि मङ्गलवार सार्वजनिक बिदा हो होइन भन्ने बारे धेरैको चासो रहेको थियो । शहीद दिवसमा दिइने सार्वजनिक बिदा २०८१ देखि लागू हुनेछ
सेयर गर्नुहोस्






















