हेटौंडाको घरेलु कार्यालयको नाम अब उद्योग तथा वाणिज्य कार्यालय

हेटौंडा टुडे
२०८० माघ १६, मंगलवार १६:४२ गते

 हेटौंडा । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, बागमती प्रदेशको पत्र अनुसार मकवानपुर जिल्लामा रहेको घरेलु तथा साना उद्योग कार्यालयले आजदेखी उद्योग तथा वाणिज्य कार्यालयको नाममा सेवा सञ्चालन गर्ने भएको छ।

मुलुक सङ्घीय संरचनामा गएसँगै बागमती प्रदेश सरकारले प्रदेशमा रहने १२ वटा मन्त्रालय, प्रदेश सभा सचिवालय, प्रदेश लोक सेवा आयोग, प्रदेश लेखा नियन्त्रक कार्यालय, प्रदेश नीति तथा योजना आयोग र मुख्य न्यायाधिवक्ताको कार्यालय र उक्त निकायका मातहतमा रहेका कार्यालयहरुका लागि सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गरेको थियो।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय मातहतमा रहेका १ वटा निर्देशनालय र १३ वटा  घरेलु तथा साना उद्योग कार्यालयहरुको नाम र सङ्गठन संरचना तथा दरबन्दी तेरिज हेरफेर भएको र त्यही अनुसार नाम पनि फेरीएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका सूचना अधिकारी शिबराम बोहराले जानकारी दिनुभयो । यस कार्यालयको कार्य सञ्चालनका लागि १३ जना कर्मचारीहरुको दरवन्दी स्वीकृत भएको छ।

यस उद्योग तथा वाणिज्य कार्यालयले प्रदेश व्यापार तथा व्यवसाय सम्बन्धी ऐन अनुसार ५ लाख भन्दा बढी देखि ५ करोड सम्म कुल पुँजी कायम रहेको उद्योग, वाणिज्य तथा कम्पनीको फर्महरूलाई सेवा दिने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*