राक्सिराङ गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

हेटौंडा टुडे
२०८० माघ २५, बिहीबार १०:१६ गते

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा हुने भएको छ । सोनाम ल्होसारको अवसरमा राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले बुधबार जारी सूचनामा ल्होसारको अवसरमा माघ २६, २७ र २८ गते तीन दिन सार्वजनिक बिदा दिने जानकारी दिइएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पर्वको अवसरमा सबैलाई शुभकामना पनि दिएका छन् ।यस बर्षको सोनाम ल्होसार माघ २७ गते पर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*