हेटौंडा । वागमती गाउँपालिका राईगाउँ भण्डारीटोल निवासी शेर बहादुर माझी बेपत्ता भएका छन्। ५।७ इन्च उचाई भएको २९ बर्षीय माझी माघ १७ गते रातिदेखि सम्पर्कमा छैनन्।
राम्ररी बोल्न नसक्ने तथा सुस्तमनस्थितिका माझी गत बुधबारदेखि घरबाटै बेपत्ता भएका हुन्। माघ १८ गते बिहान ०७स्४५ बजे माझी बकैयाको-६ गंगटे खोल्सीबाट हेटौंडा-१८ फुर्केचौरसम्म सिसिटिभी फुटेजमा देखिएको उनका काका मनोज माझीले जानकारी दिए । उनका अनुसार रातो वर्ण भएका बेपत्ता माझीले कालो ज्याकेट, कालो टोपी, कालो मास्क, जिन्सको पाईन्ट र जुत्ता लगाएका छन्। परिवारले खोजतलास गरिदिन प्रहरीमा निवेदन दिईएको बताएका छन्।
सेयर गर्नुहोस्






















