हेटौंडामा दुई दिने खेलकुद पत्रकारिता तालिम सम्पन्न

हेटौंडा टुडे
२०८० माघ २६, शुक्रबार १७:२२ गते

हेटौडा। बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित दुई दिने खेलकुद पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । जिल्ला फुटबल संघ मकवानपुरको सहयोग तथा खेलकुद पत्रकार मञ्च मकवानपुरको आयोजनामा बिहीबारबाट सुरु भएको तालिम सम्पन्न भएको हो ।उक्त तालिमको एन्फा केन्द्रीय सदस्य एवम् जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाले उद्धाटन गरेका थिए ।

तालिममा ३७ जना पत्रकारहरु सहभागी थिए । उनीहरुलाई तालिमपश्चात प्रमाणपत्र वितरण गरिएको थियो ।तालिमको पहिलो दिन फुटबल खेलका बिज्ञ सन्जिव मिश्रले फुटबल खेलको नियम, प्राबिधिक ज्ञान, फुटबलको सर्बव्यापी मान्यता लगायतका बियमा सहजीकरण गरेका थिए ।

यस्तै, दोस्रो दिन आज पत्रकार प्रकाश तिमल्सिना, गोल नेपाल डटकमका सि।इ।ओ बिक्रम थापा, रेडियो कान्तिपुरका सम्पादक पवन आचार्यले फुटबल खेलको रिपोर्टिङ, खेल पत्रकारिताबारे अनुभव र चुनौती लगायत खेल पत्रकारिताका समग्र विषयमा सहजीकरण गरेका थिए ।समापन कार्यक्रम खेलकुद पत्रकार मञ्च मकवानपुरका अध्यक्ष राजन दाहालको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामा, उपाध्यक्ष युवराज लामा, खेलकुद पत्रकार मञ्च मकवानपुरका उपाध्यक्ष सुवास बिडारीलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*