चलचित्र पत्रकार संघको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न

हेटौंडा टुडे
९ फाल्गुन २०८०, बुधबार १०:१२

हेटौडा । चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको छ । गत फागुन ५ गतेदेखी सुरु भएको भेला मंगलबार १३ बुँदे घोषणा पत्र जारी भएसँगै सकिएको हो ।

भेलामा विभिन्न विषयमा अन्तरसंवादका साथै कार्यशाला गरी सम्पन्न भएको हो । कार्यक्रममा सहभागी हुन देशभरबाट करिब दुई सय चलचित्र पत्रकार र कलाकारहरूको उपस्थिती रहेको थियो ।संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा संघको आयोजनामा भएको भेलामा सिनेमा र पर्यटन संवाद, अन्तक्र्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायत विषयका सेसन सञ्चालन भएका थिए ।

भेलाको उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले गरेकी थिइन् भने समापन कार्यक्रम प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रम संघका केन्द्रीय अध्यक्ष समीर बलामीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले समन्वय र व्यवस्थापन गरेको थियो ।

भेलामा विभिन्न विषयका सेसन संचालन गरिएको थियो । कार्यक्रमको सुरुवातमै संघका पूर्व अध्यक्ष शान्तिप्रियले चलचित्र पत्रकारिताको ईतिहास र वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिनुका साथै उक्त कार्यपत्रमा पत्रकार एंव नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बलले टिप्पणी गरेका थिए ।

त्यस्तै, बागमती प्रदेशको सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाले प्रदेश सरकारले निर्माण गर्दै गरेको चलचित्र विद्येयक मस्यौदा बारे कार्यपत्र प्रस्तुत गरिनुका साथै उक्त कार्यपत्रका विषयमा पत्रकार विजयरत्न तुलाधार र सञ्जु राई, निर्माता नरेन्द्र महर्जन र आकाश अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले आफ्नो राय सहितको सुझावका राखेका थिए ।

यसैगरी, भेलामा पत्रकार ध्रब लम्सालले नेपाली चलचित्र उद्योगको अवस्था ९हिजो, आज र भोली० भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमा पत्रकार विदुर गिरीले टिप्पणी गरेका थिए ।

आजको चलचित्र पत्रकारिता र आचारसंहिताको सवालमा प्रेस काउन्सिलका सदस्य ठाकुर वेलबासेले आफ्नो भनाईसँगै टेलिभिजनका महाप्रवन्धक फुलमान बलले आचारसंहिताको कसीमा अबको चलचित्र पत्रकारिता विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरी बृहत छलफल गरिएको थियो । यस विषयमा उठेका सवालको जवाफ प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले दिएका थिए ।

यस्तै, विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईले चलचित्र पत्रकारिता, विज्ञापन रहित नीति र अनलाईन बजार व्यवास्थापन विषयमा कार्यपत्र प्रस्तुत गरी बृहत छलफल समेत गरिएको थियो ।

कार्यक्रमको विशेष संवादमा चलचित्र सेन्सर की ग्रेडिङ रु भन्ने विषयमा निर्देशक मनोज पण्डित, निर्देशक दयाराम दाहाल, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी, सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यबीच संजोक बत्स्यालले छलफल गराएका थिए ।

त्यस्तै, मिडिया प्रमोशन र कर्पोरेट लगानीको विषयमा भने निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारी, निर्माता रवीन्द्रसिंह बानियाँ, नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बल, निर्देशक निश्चल बस्नेतबीच छलफल गराइएको थियो । उक्त छलफललाई पत्रकार अशोकप्यासी राईले सहजीकरण गरेका थिए ।

यसैगरी, चलचित्र वितरक नरेन्द्र महर्जन, नायिका स्वस्तिमा खड्का, चलचित्र विकास बोर्ड सदस्य राजु केसी, हाइलाईट्स नेपालका प्रवन्धक जनक तामाङलाई पत्रकार सुव्रत आचार्यले सिनेमा बजार ९राष्ट्रिय अन्तरराष्ट्रिय र ओटीटी० विषयमा छलफल गराएका थिए ।

कार्यक्रममा विशेष संवाद अन्तरगत सिनेमा र पर्यटन संवादमा सञ्चारकर्मी दिनेश डिसीले चलचित्र बोर्ड सदस्य भूवन केसी, निर्देशक दयाराम दाहाल, नायिकका केकी अधिकारी र पर्यटन बोर्डका सदस्य सुर्य थपलियालाई सिनेमा र पर्यटन विषयक बृहत छलफल गराइएको थियो । कार्यक्रममा चलचित्र पत्रकारिताको फिचर लेखनका साथै पत्रकारिता केहो रु भन्ने विषयमा प्रशिक्षक अरुण बराल र चिरन्जीवी पौडेलले प्रशिक्षण दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*