बागमती प्रदेशमा सप्ताहव्यापी पीपीआर खोप अभियान संचालन

हेटौंडा टुडे
१५ फाल्गुन २०८०, मंगलवार १७:४८

हेटौडा । बागमती प्रदेशमा सप्ताहव्यापी खोप अभियान संचालन गरी प्रदेश भित्रका १५ लाख ९४ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाइने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यही फागुन १६ गतेदेखि २२ गतेसम्म खोप अभियान संचालन गरी भेडाबाख्रालाई पीपीआर रोगविरुद्ध खोप लगाउन लागिएको जनाएको छ ।मन्त्रालयका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र कोइरालाले प्रदेशमा २६ लाख ७७ हजार २२५ बाख्रा र ५१ हजार ४२० भेडा गरी २७ लाख २८ हजार ६४५ भेडाबाख्रा रहेको जानकारी दिए । तीमध्ये सप्ताहव्यापी कार्यक्रम अन्तरगत १५ लाख ९४ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउन लागिएको हो ।गत आर्थिक वर्ष मन्त्रालयले सोही अभियान अन्तरगत ९ लाख ७९ हजार १८७ भेडाबाख्रालाई पीपीआर खोप लगाइएको थियो ।

खोप अभियान संचालन गर्नको लागि खोप केन्द्रबारे सम्बन्धित वडा कार्यालय तथा पशुसेवा कार्यालयमा जानकारी गराइसकिएको पनि सचिव कोइरालाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*