भिमफेदीमा ढुङ्गा बोकेको टिपर दुर्घटना

हेटौंडा टुडे
५ चैत्र २०८०, सोमबार ११:२०

हेटौंडा। भिमफेदी-१ मा ढुङ्गा बोकेको टिपर दुर्घटना भएको खबर प्राप्त भएको छ।त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-१ सुपारिटार ब्यारेक नजिक हेटौंडा बजार तर्फ आउदै गरेको ढुङ्गा बोकेको टिपर राप्ती खोलामा खसेको हो। घटना स्थलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्य सहितको टोली पुगिसकेको र उद्धार कार्य भइरहेको जनाइएको छ। विस्तृत विवरण बाँकी रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*