बागमतीबाट ठुलो परिमाणमा सालको काठ बरामद

हेटौंडा टुडे
१६ बैशाख २०८१, आईतवार १०:३३

हेटौंडा । मकवानपुर प्रहरीले बागमती गाउँपालिका वडा नं-२ भुर्कुसबाट ठुलो परिमाणमा सालको चिरान काठ बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति भुर्कुस टोलबाट बा-५ ख ५४०० नम्बरको टिपरमा लोड गर्दै गरेको अवस्थामा १८७ पिस २१७।४२ क्यूफिट चिरान सालको काठ बरामद गरेको हो ।

उक्त काठ सहित ट्रिपर र ट्रिपर चालक मकवानपुरगढी गाउँपालिका वडा नं। २ बस्ने बर्ष २५ को आईत सिङ मोक्तानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।काठ सहित ट्रिपर र ट्रिपर चालकलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि आइतबार बिहान डिभिजन बन कार्यालय मकवानपुरलाई बुझाएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*