हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

हेटौंडा टुडे
१६ बैशाख २०८१, आईतवार १०:४१

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं-९ सिमेन्ट फ्याक्ट्री नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलको पछाडी सवार हेटौंडा–८ कमाने बस्ने बर्ष ५३ को समुन्द्र बस्नेत रहेका छन् । पशुपतिनगरतर्फ आउदै गरेको भारत मोतिहारी ना २८ प ५५६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा बस्नेत घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

भारत मोतिहारी जिल्ला घर भई हाल हेटौंडा–८ कमानेमा डेरा गरी बस्ने बर्ष २८ को अमर साहले चलाएको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनमा सामान्य घाईते भएका बस्नेत हेटौंडा अस्पतालमा उपचार गरेपछि डिस्चार्ज गरिएको थियो ।शनिबार घाइतेको पिसाबमा रगतमा रतग देखिएपछि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा रिफर गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*