हेटौंडामा बागमती प्रदेश स्तरको युवा सम्मेलनको तयारी पुरा

हेटौंडा टुडे
२५ बैशाख २०८१, मंगलवार १६:१७

हेटौंडा । हेटौंडामा बागमती प्रदेशमा युवा सम्मेलनको तयारी पुरा भएको छ । प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै युवा सम्मेलनको तयारी पुरा भएको जानकारी दिनु भएको हो । यही वैशाख २८, २९ र ३० गते प्रदेशका १३ जिल्लाका युवाको सहभागितामा युवा सम्मेलन हुनेछ । सम्मेलनमा २ सय भन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाको सहभागिता हुनेछ ।बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रम अन्तर्गत प्रदेश युवा सम्मेलन गर्न लागेको कार्यकारी उपाध्यक्ष चौलागाईले बताउनुभयो । प्रदेश युवा सम्मेलन परिषद्‌को बार्षिक कार्यक्रमको रुपमा स्थापित भएको छ । गत बर्षदेखि आयोजना गर्न सुरु गरिएको प्रदेश युवा सम्मेलन प्रदेशका १३ वटै जिल्लाका युवा साथीहरुको सहभागिता रहनेछ ।

सम्मेलनमा सहभागी युवालाई नै लक्षित गरी अन्तरक्रिया, बहस, कार्यशाला, सहभागीबीच आपसी सञ्जाल निर्माण, प्रेरक सन्दर्भको व्याख्या र नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलाप गरिनेछ ।गत वर्ष सम्पन्न प्रथम सम्मेलन उल्लेखनीय रह्यो । सम्मेलनमा सहभागी हुन चाहने ५३७ जनाले अनलाइनमार्फत आवेदन दिएका थिए । आवेदन दिएका मध्ये २०० जनालाई पूर्ण समावेशी अवधारणामा छनोट गरिएको छ । सम्मेलनमा सहभागी हुने २०० जना वागमती प्रदेशको ११९ पालिकामध्ये ८९ पालिकाका युवा छानिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*