नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने

हेटौंडा टुडे
३१ बैशाख २०८१, सोमबार ११:०६

हेटौडा । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने भएको छ । बृहत् खोज र खोप अभियानअन्तर्गत आज खोप दिन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको हो । अभियानमा पाँच वर्षसम्मका बालबालिकालाई १५ महिनाभित्र लगाइसक्नुपर्नेमध्ये छुटेको भए सोही खोप दिन लागिएको हो ।
खोप देशभरका सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट दिइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*