गायिका अन्जु पन्त भोलि हेटौडामा

हेटौंडा टुडे
२ जेष्ठ २०८१, बुधबार १४:०६

हेटौडा । लोकप्रिय एवम चर्चित गायिका अन्जु पन्त भोलि बिहिबार हेटौडा आउने भएकी छिन । हेटौडामा रहेको राइटपाथले भोलि ‘ग्रान्ड एजुकेसन कन्क्लेभ (२०२४) कार्यक्रमको लागि हेटौडा ल्याउन लागेको हो ।

हेटौँडा–४, स्कूलरोडस्थित मारवाडी सेवा सदनको व्यापारिक कम्प्लेक्सस्थित राइटपाथ हेटौँडाको कार्यालय परिसरमा उक्त कार्यक्रमा गायिका पन्तलाई भेटन सकिने राइटपाथ हेटौँडाका सञ्चालक मनिष अधिकारीले हेटौडा टुडेलाई बताए ।

१२ कक्षाको वार्षिक परीक्षा दिएर बसेका उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र अभिभावकलाई लक्षित गरेर राइटपाथले देशव्यापी दौडाहाको स्वरुपमा कन्क्लेभको आयोजना गरिएको हो ।

हेटौँडापछि चितवन, बुटवल र दाङमा पनि ग्रान्ड एजुकेसन कन्क्लेभ आयोजना हुने अधिकारीले बताए । राइटपाथले अमेरिका, युरोप, अस्ट्रेलियालगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि परामर्श तथा प्रक्रियामा सहजीकरण गर्दै आइरहेको छ ।  राइटपाथले काठमाडौं र धनकुटामा भव्यरूपमा ग्रान्ड एजुकेसन कन्क्लेभ (२०२४)  सम्पन्न गरिसकिएको छ ।

कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहने छ भने फ्रि मुभी टिकेट र आकर्षक गिफ्ट ह्याम्फरको पनि व्यवस्था छ । यसैगरी यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स २ हजार ८१ रुपियाँमै गर्न सकिने छ । कन्क्लेभमा २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीले एकै छानामुनि भेट्न सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*