केपि शर्मा ओली शुक्रबार हेटौंडा आउदै

हेटौंडा टुडे
२०८१ जेष्ठ १६, बुधबार १६:०३ गते

हेटौंडा । एमाले पार्टी अध्यक्ष केपि शर्मा ओली जेठ १८ गते शुक्रबार हेटौंडा आउने भएका छन् । नेकपा एमाले मकवानपुरको १८ र १९ गते हुने १२ औं जिल्ला अधिवेशनको उ‌द्घाटन सत्रमा सहभागी हुन हेटौंडा आउन लागेको मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक कमिटीले जानकारी दिएको हो।

एमाले अधिवेशनमा जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागीता रहने एमाले मकवानपुर जिल्ला सम्मेलन आयोजक कमिटीले जनाएको छ । अधिवेशनमा मकवानपुर जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरुबाट अधिवेशनको लागि प्रतिनिधि चयन गरिएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।

अधिवेशनबाट मजदुर, पेशागत जनसंगठन, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहाकार परिषद समेतबाट छानिएर ७ सय ६९ प्रतिनिधीहरुले सहभागीता जनाउने र अधिवेशनको बन्द सत्रवाट भाबी नेतृत्व समेत चयन गरिने श्रेष्ठले बताए ।सम्मेलनलाई सफल गराउन दुई सय जना स्वयंसेवक परिचालन गरिनुको साथै १२ वटा समितिहरु बनाई सम्पुर्ण तयारीको काम भईरहेको जनाइएको छ । उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिहरुमा पार्टीका केन्द्रीय नेताहरु रहने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*