मकवानपुरगढी गाउँपालिकामा असार १३ देखि २० सम्म राष्ट्रिय परिचयपत्रको टोलि आउदै, कुन वडामा कहिले

हेटौंडा टुडे
१२ असार २०८१, मंगलवार ०९:१४

हेटौडा । मकवानपुरगढी गाउपलिकामा असार १३ गते देखि देखि राष्ट्रिय परिचयपत्र वितरण टोलि आउने भएको छ । केहि समय अघि जिल्ला प्रशासन मकवानपुरले सार्वजानिक गरेको समय तालिका अनुसार असार ९ गते देखि १२ गते जम्मा ४ दिन मकवानपुरगढी गाउपलिकामा राष्ट्रिय परिचयपत्र वितरण टोलि आउने भनेर सुचना भएको थियो तर सामाजिक सुरक्षा भक्ता प्राप्त गर्ने लाभग्राही समस्या र मागलाई सम्बोधन गर्दै जिल्ल्ला प्रशासन कार्यालयले मकवानपुरगढीको आठ वटा नै वडामा राष्ट्रिय परिचयपत्र वितरण टोलि आउने जनाएको भने मकवानपूरगढी गाउपलिकाले असार ९ गते पालिकाको ८ वटा वडामा राष्ट्रिय परिचयपत्र वितरण टोलि आउने सम्बन्धि सुचना सार्वजानिक गरेको छ । यसै बिच हिजो असार १० गते स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

  1. मिति २०८१/०३/१३  गते  बिहिबार ८ नबर वडा  कार्यालय   
  2. मिति २०८१/०३/१४  गते  सुक्रबार  ७  नबर वडा  कार्यालय   
  3. मिति २०८१/०३/१५  गते  सनिबार  १ नबर वडा  कार्यालय   
  4. मिति २०८१/०३/१६  गते  आईतबार २ नबर वडा  कार्यालय   
  5. मिति २०८१/०३/१७  गते  सोमबार ६ नबर वडा  कार्यालय   
  6. मिति २०८१/०३/१८  गते  मंगलबार ५ नबर वडा  कार्यालय   
  7. मिति २०८१/०३/१९  गते  बुधबार ४ नबर वडा  कार्यालय   
  8. मिति २०८१/०३/२०  गते  बिहिबार ३ नबर वडा  कार्यालय   

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*