
हेटौडा । मकवानपुरगढी गाउँपालिकाको सबै वडामा राष्ट्रिय परिचय विवरण संकलन शिविर सकियो छ । मकवानपुरगढी गाउँपालिकामा आज बिहिबारदेखि राष्ट्रिय परिचय पत्रको लागि वडास्तरबाट विवरण संकलन अभियान कार्य सकिएको हो । आज अन्तिम दिन मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ बाट विवरण संकलन अभियान सकिएको गाउँपालिका अध्क्षय दोर्जे लामा स्याङतानले बताए ।
सरकारले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरे संगै जिल्ला प्रशासन कार्यालय मकवानपुरसंगको सहकार्यमा पालिकाले गत असर १३ गते वडा नम्बर ८ बुढीचौरबाट यो अभियान सुरु गरेको र आज अन्तिम असार २० गते ३ नम्बर वडाबाट विवरण संकलन अभियान सकिएको स्याङतानले बताए ।
सामाजिक सुरक्षा भत्ता नवीकरण २०८१ भदौ मसान्तसम्म गर्न सकिने भएकाले परिचयपत्रमा विवरण दर्ता नगरेका छूट लाभग्राहीले यो अभियानमा सरिक भएर जम्मा ६४५ जनाले सामाजिक सुरक्षा भत्ता खाईरहेका लाभग्राहीले आफ्नो विवरण दर्ता गरेका मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन गङतान लामाले जानकारी दिनु भयो । यदि आफ्नो समय अनुकूल नभई नआउनु हुने वा कागत पत्रका कारण दर्ता गर्न नपाउनु हुनेले नजिकको जिल्ला प्रशासन कार्यालय हेटौडामा विवरण दर्ता गर्न सकिने लामाले जानकारी दिनु भयो ।

