हेटौंडा। नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएको हो ।
सोमबार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् । एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उद्योग, वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा,वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ रहेका थिए।
अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिनपर्ने भएको छ । संघमा एमाले र कांग्रेसबीच सरकार बनाउने सहमति भएसँगै प्रदेशमा पनि सोही गठबन्धन बनाउने तयारीका साथ एमालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।