बालमैत्री स्थानीय शासनयुक्त घोषणा हुँदै वडा नम्बर ८

हेटौंडा टुडे
२५ असार २०८१, सोमबार १६:३३

हेटौडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ नगरमै पहिलोपटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । वडा कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै यस कार्यका लागि वडाअध्यक्ष राम थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको जनाएको छ । समितिले घोषणाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको र हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको अध्यक्ष थापाले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा यस वडामा ८ र अन्य स्थानबाट ४ गरि १२ जना बालश्रमिकहरुको उद्धार गरिएको छ, भने ४ वेपत्ता बालबालिकाको उद्धार र ३ वटा बालबिवाह रद्ध गरिएको सहजकर्ता दंगालले बताईन् ।  वडालाई बालमैत्री घोषणा गर्नका निम्ति पूरा गर्नुपर्ने ५१ वटा सुचकहरु पुरा गरिसकेको उनले बताईन् ।

कार्यक्रममा वडाका अध्यक्ष राम थापाले बालमैत्री वडा घोषणालाई दिगो रुपमा लैजान आफुहरु सधैं लागिपर्ने बताए ।वडाभित्र १९ वटा टोलविकास संस्था र २१ वटा बालसमूह रहेको उनले बताए । यसअघि गत फाल्गुन २२ गते वडा नम्बर–८ मा रहेको श्री चन्द्रोदय मा।वि बालमैत्री विद्यालय घोषणा भईसकेको छ । त्यस्तै हेटौंडा–२ स्थित बालजागृति इङ्लिस सेकेण्डरी स्कुल, हेटौंडा–१६ स्थित जनप्रिय मा वि, र हेटौंडा–१ स्थित अमर माध्यामिक विद्यालय बालमैत्री विद्यालय घोषणा भईसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*