हेटौडामा गोरु सहित ट्रक नियन्त्रणमा

हेटौंडा टुडे
४ श्रावण २०८१, शुक्रबार १६:४९

हेटौडा । हेटौडामा जिल्ला प्रहरी कार्यलय मकवानपुरले हेटौडामा गोरु सहित ट्रक नियन्त्रणमा लिएको छ । आज मध्यान्न करिब १२ बजेको समयमा हेटौडा उपमहानगरपालिका वडा न ११ थानाभर्‍याङमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना ७ ख ६६६८ नं को ट्रकमा गोरुलोड गरी आउदै गरेको अवस्थामा गोप्य सुचनाको आधारमा ट्रक नियन्त्रणमा लिएको हो ।

उक्त ट्रक भागी वडा न .११ थानाभर्याङ स्थित रहेको भान्जा वर्कशप भित्र राखेको अबस्थामा फेला पारेको हो। ट्रकमा १८ वटा गोरु र ट्रक चालक मनहरी गाँउपालिका बस्ने वडा न .६ बसन्तपुरको बर्ष ३० को अनिल बयलकोटी समेतलाई नियन्त्रणमा लिएको छ । थप आवश्यक कारवाहिको लागि पशु क्वारेनटाईन कार्यालय पथलैया पठाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*