हेटौंडा वडा नम्बर २ लाई बालमैत्री वडा घोषणा गरिँदै

हेटौंडा टुडे
१० श्रावण २०८१, बिहीबार १६:४३

 
हेटौडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ । बिहिबार पत्रकार सम्मेलनमार्फत बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ आउँदो १२ गते शनिबार वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको  जानकारी दिईएको हो । बालमैत्री वडा घोषणा हुने क्रममा रहेको वडा नम्बर–२ नगरमा दोस्रो बामैत्री वडा घोषणा हुनेछ । बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१ वटा सुुचकमध्ये ४६ वटा सुचकहरु पूर्णरुपमा,३ वटा सुचक ९६ प्रतिशत, १ वटा सुचक ९५ प्रतिशत र १ वटा सुचक ९० प्रतिशतसम्म हासिल गरिएको वडाका वडाअध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभयो ।

निकृष्ट बालश्रममुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको पूर्व सन्ध्यामा हामी छौं । वडा बालमैत्री घोषणा पश्चात पनि हामी बाबालिकाको हक, हितका निम्ति सधैं प्रतिबद्ध रहनेछौं’ । उहाँले बताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरकी प्रमुख मीना कुमारी लामाले बालमैत्री शासनयुक्त वडा घोषणा गर्ने हुनुभएको छ ।यस वडामा २०७९ मा गरिएको सर्वेक्षण अनुसार १८ बर्ष मुनिका बालबालिकाको जनसंख्या १ हजार ८ सय ११ रहेको छ । वडामा १९ वटा बाल समुह र १ वडा बाल सञ्जाल रहेको छ । जसमा ४ सय ६० बालबालिकाहरु आवद्ध रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*