पेट्रोलियम पदार्थको मूल्य घट्यो

हेटौंडा टुडे
१६ भाद्र २०८१, आईतवार १०:५२

हेटौँडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले शनिबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलमा २ रुपैयाँ र मट्टितेल र डिजेलमा १ रुपैयाँ घटाएको हो । इण्डियन आयल कर्पोरेसनले पठाएको मूल्यसुची अनुसार पेट्रोल तथा डिजेलमा पैसा घटेर आएको भन्दै आयल निगमले राति १२ बजेपछि पेट्रोलमा २ तथा डिजेल र मट्टितेलमा १ रुपैयाँ घटाइएको जनाएको हो । निगमले मूल्य बढेर अएपनि खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्यमा भने यथावत् रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*