१४ किलो चरेससहित दुईजना पक्राउ

हेटौंडा टुडे
२४ भाद्र २०८१, सोमबार ११:०४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं-१५ रातमाटेबाट १४ किलो चरेससहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ बस्ने ४२ वर्षिय केदार तामाङ र सोही स्थान बस्ने ३६ वर्षिय सुकमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा–१५ रातमाटे स्थित प्रहरी चौकी रातामाटेले शुक्रवार साँझ सवारी चेकजाँच गर्ने क्रममा हेटौँडाबाट पथलैयातर्फ जादैं गरेको ना ७ ख ६०६१ नम्बरको यात्रुबाहक बसबाट उनीहरूलाई चरेससहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*