हेटौंडा ।पहिरोमा पुरिएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका बेपत्ता छ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको छ ।
एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीका अनुसार बेपत्ता छ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको हो । उनीहरुको सनाखत हुन भने बाँकी रहेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने पहिरोमा पुरिएर क्रममा उनीहरु बेपत्ता भएका थिए ।
घटनास्थलमा प्रहरीको टोली पुगेपनि बर्षा भइरहदा उद्धार कार्यमा कठिनाई भएको मकवानपुर प्रहरीले जनाएको छ । विद्यालयको होस्टलमा एन्फाका ४० जना विद्यार्थी बस्दै आएका थिए । जसमा ३४ जना विद्यार्थी सकुशल रहेको प्रहरीले जनाएको छ ।उद्धारका लागि इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षकको कमाण्डमा ९ जनाको टोली घटनास्थलमा रहेका छन् ।