हेटौंडाबाट १११ किलो लागू औषध गाँजा सहित १ जना भारतिय नागरिक पक्राउ

हेटौंडा टुडे
१८ मंसिर २०८१, मंगलवार १०:५७

हेटौंडा । हेटौंडाबाट १११ किलो लागू औषध गाँजा सहित १ जना भारतिय नागरिक पक्राउ गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ तिनताप्के स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु रोकी चेकजांच गर्ने क्रममा प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको हो ।

मनहरी तर्फबाट बिरगन्ज तर्फ जादै गरेको बा १० च ५३३ नंम्बरको योद्धा पिकअप गाडी र गाडी चालक भारत मोतिहारी चैनपुर ढाका थाना बस्ने ३० वर्षिय महोमद समिरलाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।

गाडीको ढालामा बालुवा र मलले छोपि लुकई छिपाई गरी ल्याईएको अवस्थामा लागू औषध गाँजा १११ किलो फेला परेको हुंदा उक्त गाँजा, पिकअप गाडी र चालक महोमद समिरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*