हेटाैंडा । हेटौंडामा शौचालयमा लडेर एक युवकको ज्यान गएको छ । हेटौंडा-६ कल्यानटारका २८ वर्षिय उद्वव राईको आफ्नै घरको शौचालयमा लडेर ज्यान गएको हो।
मंगलवार साँझ राई शौचालयबाट निस्कने क्रममा लडेर बेहोस भएका थिए। उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्।
सेयर गर्नुहोस्