
हेटौडा । राक्सिराङ गाउँपालिकामा तिन दिन सार्वजानिक बिदा हुने भएको छ । तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा पालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तामाङ समुदायको नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन मनाइने मञ्जुश्री संवत् २८६१ डुल लो(सर्व वर्ष ल्हो सोनाम ल्होछारको अवसरमा गाउँपालिकाकाले यही माघ १६, १७ र १८ गते तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आईतबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले एक शुभकामना सन्देश जारी गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।


सेयर गर्नुहोस्