
हेटौडा । आज मंगलबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। सोमबारको तुलनामा आज सुन तोलामा एक हजार नौ सय रुपैयाँले बढ्दा चाँदीमा ३५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज सुन तोलाको एक लाख ६४ हजार सात सय रुपैयाँ पुगेको छ। हिजो सुन तोलाको एक लाख ६२ हजार आठ सय रुपैयाँ थियो।
त्यसैगरी आज चाँदी तोलाको एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलाको एक हजार आठ सय ९५ रुपैयाँ थियो।


सेयर गर्नुहोस्