
हेटौंडा । मकवानपुरको बकैयामा एक घरमा आगलागी हुँदा घर जलेको नष्ट भएको छ। मंगलबार मकवानपुरको बकैया गाउँपालिका वडा नबर–१० रुक्सीरुईमा आगोलागीबाट एक घर पूर्ण रुपमा जेलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय अजय मोक्तानको जस्ताले छाएको कच्चि घरमा अगेनाबाट सल्केको आगो कपडामा आगो सल्की घर जल्न पुगेको प्रहरीले जनाएको छ ।आगलागीबाट मानबिय तथा चौपाया क्षति नभएको तर अन्नपात कोदो, पिठो लगायतका अन्न र भाडाकुँडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्