
हेटौडा । मकवानपुरगढी गाउँपालिकामा आज बाट सामाजिक सुरक्षा भत्ता वडा बाट वितरण काम सुरु भएको छ । पालिकाको आठ वटा वडा मध्ये ४ वटा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण काम आज बाट सुरु भएको हो ।
मकवानपुरगढी गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको नबिल बैंक मार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता रकम वडा कार्यालयमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाईएको मकवानपुरगढी गाउँपालिकाले जनाईएको छ ।
मकवापुरगढी गाउँपालिकाले आज बाट आर्थिक वर्ष २०८१/०८२ को दोस्रो किस्ता बापतको रकम वडा कार्यालयबाट नै वितरणको काम सुरु गरेको हो । सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट नै वितरण गर्न कार्यलाई निरंरतार्ता दिदै आज वडा नम्बर १ आपटार बाट वितरणको काम सुरु भएको हो । यो किस्ता देखि वडा नम्बर २ शिखरकटेरीमा रहेको वडा कार्यालयबाट बाट पनि सुरु गरिने गाउपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले बताउनु भयो । साथै वडा नम्बर ज १ ,७ र ८ मा अघिल्लो आ व देखिनै वितरणको काम भईसकेको स्याङतानले बताए र आगामी दिनमा पालिकाले नबिल बैंक संगको सहकार्यमा बाकि रहेको अन्य वडा कार्यालय ४, ५,र ६ बाट नै वितरण गर्ने योजना रहेको बताउनु भयो । साथै गाउँपालिका केन्द्रमा रहेको नबिल बैंकसम्म आउन जान वृद्ध वृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि वडा स्तरबाट सेवा दिने कामको सुरुवात गरेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताउनु भयो ।
आज मकवानपुरगढी गाउँपालिका वडा १ बाट घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता रकम जम्मा १०५ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता रकम बुझेको छन । साथै ज्येष्ठ नागरिक, दलित, अशक्त, असहाय, विधवा लगायतका लाभग्राहीहरुलाई बैंकमा आएर भत्ता लिन असहज भएकाले सहजताका लागि हाल ४ वटा वडाबाट भत्ता वितरण गरिएको गाउपालिका प्रसासन प्रमुख रघुनाथ हुमागाईले बताए । साथै हुमागाईले भोलि पनि १ नम्बर वडा कार्यालय बाट वितरण गरिने बताए । साथै फागुन ४ र ५ गते वडा नम्बर २ , फागुन 6 र ८ गते वडा नम्बर ७ र फागुन ९ र ११ गते वडा नम्बर ८ बाट वितरण गरिने हुमागाईले बताए ।

