टिसिएनचौरमा जारी महोत्सव सम्पन्न:६ करोडको कारोबार

हेटौंडा टुडे
२०८१ फाल्गुन १९, सोमबार ११:३२ गते

हेटौंडा। हेटौंडाको टिसिएनचौरमा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। फागुन ६ गतेदेखि सुरु भएको महोत्सव आइतबार समापन भएको हो।

महोत्सवमा एक लाख दर्शकले अवलोकन गरेको संघले जनाएको छ । महोत्सवमा ६ करोड रुपैयाँ बराबरको कारोबार भएको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले बताएका छन् ।महोत्सवबाट बचेको रकमलाई निर्माण व्यवसायी संघको नयाँ भवन निर्माणमा प्रयोग गरिने आयोजकले जनाएको छ।
महोत्सवको माध्यमबाट निर्माण सामग्री उद्योगी, विक्रेता र उपयोगकर्ताबीच सोझो सम्पर्क हुनुका साथै यसबाट व्यवसाय वृद्धिसँगै उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन भएको अध्यक्ष कँडेलले दाबी गरेका छन्। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले महोत्सवको समापन गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*