१ रुपैयाँ तिरेर चलचित्र ‘चिसो मान्छे’ हेर्न पाइने

हेटौंडा टुडे
२२ फाल्गुन २०८१, बिहीबार १३:५६

नेपाल टेलिकमले आफ्नो एनटीटीभी प्लाटफर्ममा धमाधम १ रुपैयाँमा नेपाली फिल्मको स्ट्रिमिङ गर्न थालेको छ । गतमहिना पहिलोपटक १ रुपैयाँमा प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’ लाई देखाएको थियो । टेलिकमले बुधबार एक फेसबुक पोस्टमार्फत जानकारी दिएको छ कि चैत २ गतेदेखि यो सुविधा उपलब्ध हुने भएको हो।  यो फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनालको शीर्ष भूमिका छ । स्वस्तिमाले सानै उमेरमा विवाह गर्ने सुदुरपश्चिमकी महिलाको भूमिका निर्वाह गरेकी छन् ।

यो चलचित्र हेर्नका लागि प्रयोगकर्ताले टेलिकमको एनटीटीभीको Movie Section मा जानुपर्छ र त्यसपछि “One Day Movie Rs. 1” विकल्पमा क्लिक गर्नु पर्नेछ। त्यसपछि, Buy Option मा क्लिक गरी आफ्नो NT मोबाइल नम्बर प्रविष्टि गर्नुपर्नेछ। यसको पछिल्लो चरणमा, १ रुपैयाँको भुक्तानी मोबाइल ब्यालेन्सबाट कटौती हुनेछ।

एकपटक प्रक्रिया पूरा भएपछि, मोबाइल नम्बरमा ओटीपी प्राप्त हुनेछ र उक्त ओटीपी भेरिफाइ गरेपछि, प्रयोगकर्ताले ‘चिसो मान्छे’ चलचित्र देख्न सक्नेछन्।

टेलिकमले आफ्नो एनटीटीभी प्लाटफर्ममा कसरी १ रुपैयाँमा फिल्म हेर्न सकिन्छ भन्नेबारेमा समेत सामाजिक संजालबाट जानकारी गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*