बीस करोड बढी रकमसहित काठमाडौंमा दुई व्यक्ति पक्राउ

हेटौंडा टुडे
२०८१ चैत्र ५, मंगलवार १२:४० गते

२० करोडभन्दा बढी रकमसहित काठमाडौंबाट एकजना पक्राउ परेका  छन्।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित सोमबार राति एकजनालाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतले पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको बताए।  उनका अनुसार ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ,अमेरिकी डलर,युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*