मकवानपुर बहुमुखी क्याम्पसमा प्रसिद्ध रेग्मीको प्यानल विजयी

हेटौंडा टुडे
५ चैत्र २०८१, बुधबार १०:५३

हेटौंडा। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनाअनुसार ७०६ मतसहित रेग्मी अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धा  अखिल (क्रान्तिकारी)का छोइसाङ लामाले ५०७ मत प्राप्त  गरेका हुन्।  लामा क्याम्पसका स्ववियु  सभापति थिए ।त्यसैगरी सचिवमा नेविसंघका उत्सव ढुंगाना निर्वाचित भएका छन् । उनले ७११ मतसहित विजयी हुँदा अखिल क्रान्तिकारीका दिपेश कार्की ५४४ मतसहित पराजित हुनुभयो । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइटेल ७०४ मतसहित निर्वाचित हुँदा अखिल क्रान्तिकारीका अमन राय ५४४ मतसहित पराजित हुनुभयो ।

सदस्यमा अनेरास्ववियुका मनोज घलान (७८९ मत), दिवस चौलागाई (७३४ मत), उमेश चौधरी (७२५ मत) र साजिर अन्सारी (६७३ मत) तथा नेविसंघका कृषन थिङ (६३८ मत), मन्दिप थापा (६३३ मत), अतित अधिकारी (६२० मत) र विवश अर्याल (६१६ मत) निर्वाचित हुनुभएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा दुई हजार छ सय ९८ मतदातामध्ये एक हजार दुई सय ८१ मत खसेको थियो । छ मत बदर हुँदा एक हजार दुई सय ७५ मत सदर भएको प्रमुख निर्वाचन अधिकृत सन्देश विडारीले जानकारी दिनुभएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*