हेटौंडादेखि चितवनसम्म साइकल यात्रा: ४३ जिल्लाका सहभागी हुने

हेटौंडा टुडे
२०८१ चैत्र १८, सोमबार १२:३५ गते

हेटौंडा । साइकल सिटी हेटौंडाले हेटौंडादेखि चितवनसम्म साइकल यात्रा आयोजना गर्ने भएको छ । संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश तथा आन्तरिक मामिला तथा योजना मन्त्रालयको सहकार्यमा साइक्लिङ सिटी हेटौँडाले आयोजना गर्न लागेको यो यात्रा २०८२ वैशाख ११ गतेबाट सुरु हुनेछ। ४३ जिल्लाका करिब ५ सय साइकलयात्रीहरूको सहभागिता रहने अनुमान गरिएको छ। बाहिरी जिल्लाबाट आउने सहभागीहरूका लागि वैशाख ११ गते नै हेटौँडामा स्वागत तथा बसोबासको व्यवस्था गरिएको छ।

साइक्लिङ सिटी हेटौँडाका आध्यक्ष लेखनाथ ढकालले वैशाख १२ गते बिहान ७ बजे बुद्धचोकबाट नास्ता लिएर साइकल यात्रा सुरु हुने बताउंदै भूटनदेवी मन्दिर दर्शन गरेपछि सामुदायिक सेवा केन्द्र हेटौँडा-११ मा छोटो विश्राम र पानी ब्रेकको व्यवस्था गरिएको जानकारी दिए। यात्राको क्रममा विभिन्न संघसंस्थाले स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ । साँझ ६ बजे विविध सांस्कृतिक कार्यक्रम गरिनेछ । भोलिपल्ट बिहान जंगल सफारी गरी साइकल यात्रा समापन हुनेछ । सौराहामा रेष्टुरेन्ट व्यवसायी तथा होटल व्यवसायी संघको आतिथ्यतामा स्वागत गरिनेछ जानकारी दिंदै सहभागीहरूलाई पौडी तथा स्विमिङ पुलमा फ्रेश हुने समय समेत छुट्याइएको उनले बताए ।

साइकल यात्रा न केवल खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो, तर पर्यटन प्रवर्द्धन, पर्यावरणीय सन्तुलन, स्वास्थ्य जागरूकता तथा सांस्कृतिक आदानप्रदानका लागि पनि महत्त्वपूर्ण अवसर हुने उनले बताए । ४३ जिल्लाका साइकलयात्रीहरूलाई एकै ठाउँमा भेला गराउँदै प्रकृतिको सौन्दर्य अनुभव गराउने यो यात्रा सम्पूर्ण सहभागीहरूका लागि अविस्मरणीय क्षण उनको बिस्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*