मकवानपुरको बकैयामा भिरबाट लडेर एक जनाको मृत्यु

हेटौंडा टुडे
२०८१ चैत्र १९, मंगलवार १०:५० गते

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ राजदमारमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । स्थानीय गितावर सामुदायिक बन भित्र भिरबाटलडेर बकैया वडा नम्बर–६ सुदा बस्ने जित बहादुर लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो घटनास्थलमा लडेको  अवस्थामा जिम्बाकाे शव देखेपछि प्रहरी घटनास्थल पुगेको थियो।घटना बारे बकैया ५ की वडाअध्यक्ष लक्ष्मी जिम्बाले जनाकारी दिइन्।घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*