ब्राउनसुगरसहित दुईजना पक्राउ

हेटौंडा टुडे
२०८१ चैत्र २२, शुक्रबार १२:३० गते

हेटौंडा । अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। रुपन्देहीको ओमसतिया गाउँपालिका-२ ठुटिपिलबाट ५० ग्राम ५ सय ८० मिलिग्राम ब्राउनसुगर जस्तो पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका हुन्।

उनलाई भारतको महाराजगंज निचलौल ठुटिबारीका ४० वर्षीय सलिम मंसुरीको रूपमा पहिचान गरिएको छ। पक्राउ पर्ने अन्य व्यक्ति जुम्लाको चन्दननाथ नगरपालिका–६ का २२ वर्षीय रवीन्द्र रोकाया हुन्। उनलाई ३ सय ९० मिलिग्राम ब्राउनसुगरसहित नेपाल प्रहरीले पक्राउ गरेको हो। लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय रुपन्देही र जुम्लाका प्रहरी टोलीले उक्त अभियान सञ्चालन गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*