गाँजा तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ

हेटौंडा टुडे
२०८१ चैत्र २७, बुधबार ११:२९ गते

हेटौंडा । मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरिरहेका रौतहटका एकजना युवक सीमा नजिक रहेको भारतको बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेका छन्। मोटरसाइकलको ट्यांकीभित्र ४ किलोभन्दा बढी लागुऔषध गाँजासहित स्थानीय बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका मुकेश साह भारतीय क्षेत्रमा संयुक्त टोलीद्वारा पक्राउ परेका छन।सीमावर्ती भारतीय गाउँ पीठवा छेउ रहेको पिलर संख्या ३५६–४ नजिकै मंगलबार साँझ साह प्रदेश २–०३–००७ प १७६७ नम्बरको कालो रङको १५० सीसीको पल्सर मोटरसाइकल चढेर भारतीय क्षेत्रमा प्रवेश गरेका थिए।

सीमाक्षेत्रको गतिविधि नियालिरहेका झरौखर थानाका गस्ती टोली र एसएसबी क्याम्प जमुनियाको टोलीले उक्त मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा मोटरसाइकलको ट्यांकी भित्र पेट्रोलको स्थानमा ४ किलो ३०० ग्राम गाँजा बरामद गरिएको एसएसबीका सहायक कमान्डेन्ट गुर्जरले जानकारी दिएका छन्। पक्राउ परेका साहले यसअघि पनि यसरी नै नेपालबाट भारतीय क्षेत्रमा तस्करीमार्फत गाँजा पुर्‍याएको सोधपुछका क्रममा स्वीकार गरेको एसएसबीले जनाएको छ। बरामद गाँजा, मोटरसाइकलसहित  साहलाई आवश्यक कारबाहीको लागि मंगलबार साँझ झरौखर थानाको जिम्मा लगाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*