हेटौडा अस्पतालको बोर्ड केरमेट गरेको आरोपमा पक्राउ परेका ६ जनाको रिहा

हेटौंडा टुडे
५ बैशाख २०८२, शुक्रबार १३:३४

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको बोर्ड केरमेट गरेको आरोपमा पक्राउ परेका ६  जनाको रिहा  भएको छ । हेटौडा अस्पतालको बोर्ड केरमेट गरेको भन्दै हेटौडाका छ जना युवालाई हिजो प्रहरी हिरासतमा राखिएको थियो। त्यसको विरोधमा हेटौडामा प्रदर्शन भइरहेको छ। जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई पाँच दिनको म्याद थप गरेको थियो।  पक्राउ पर्नेमा सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरे थिए ।

भर्खरै उनीहरू जिल्ला प्रशासन कार्यालयबाट रिहा भएका छन् । उनीहरुलाई केही धरौटी रकम बुझाउन लगाई रिहा गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*