आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ

हेटौंडा टुडे
८ बैशाख २०८२, सोमबार १२:३७

हेटौंडा । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरबाट बाबु  पक्राउ परेका छन् । आफ्नै बाबुबाट, दाजुभाइबाट, मामाबाट, अकंलहरुबाट असुरक्षित छोरी छन । अनि कस्को विस्वास गर्ने?  थाहा नगरपालिका–१, कुन्छालका पुरुषले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आइतबार इलाका प्रहरी कार्यालय पालुङले उनलाई पक्राउ गरेको हो । उनले आफ्नै १३ वर्षीया छोरीमाथि गत २८ चैतमा घरदेखि अन्दाजी ३/४ किलोमिटर पश्चिमतर्फ रहेको जङ्गलमा लगी जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

पटक पटक जबरजस्ती करणी गरेको भनी पीडित छोरी, उनका आफन्त, वडाका जनप्रतिनिधि समेत भएर प्रहरीमा उजुरी दिइएको थियो । सोही उजुरीका आधारमा प्रहरीले बाबुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयले बताएका छन । पीडित किशोरीको अवस्था सामान्य रहेको र उनलाई सेफ हाउसमा राखिएको बताइएको छ।   घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*