
हेटौंडा । हेटौंडाबाट ७५ सय क्यापसुल लागूऔषध ट्रामाडोल, योद्धा र पिकअप गाडी सहित २ जना पक्राउ परेका छन् । हेटौडा उप महानगरपालिका वडा नंबर– १५ रातोमाटे चेकप्वाईन्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा ठुलो परिणामको लागूऔषध सहित दुइ जनालाई पक्राउ गरिएको हो ।बारा जिल्लाको सिम्ररौनगढबाट हेटौडा बजारतर्फ आउदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नंबरको योद्धा पिकअप गाडी र चालक बारा पचरौता नगरपालिका वडा नंबर– ७ बेनौली बस्ने २५ वर्षिय तिर्थलाल पासवान र सह(चालक सोही ठाउँका २३ वर्षिय सुनिल पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । गाडीको अगाडीको ईन्जिन भएको भागमा लुकाई छिपाई राखी ल्याईएको अवस्थामा लागू औषध प्रहरीले फेला पारेको हो ।


सेयर गर्नुहोस्