सशस्त्रलाई छलेर भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद

हेटौंडा टुडे
२०८२ बैशाख १७, बुधबार ११:१० गते

हेटौंडा ।  धनकुटाबाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । आज (बुधबार) धनकुटाको साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरनाबाट धरानतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । जाँचकै क्रममा भागेको को२प १७३४ नम्बरको कारलाई प्रहरीले दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो । चालक फरार रहेको उक्त कारबाट १२ वटा पोकामा प्याक गरिएको ४२१ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*