स्रोत नखुलेको १४ लाख नगद सहित २ जना पक्राउ

हेटौंडा टुडे
२०८२ बैशाख २२, सोमबार ११:४० गते

हेटौंडा । आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका–८ बुंकोटका वर्ष २५ का विमल श्रेष्ठ र वर्ष २० का भुवन श्रेष्ठ भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।दुवैलाई स्रोत नखुलेको नगद १४ लाख सहित प्रहरीले आँबुखैरेनी गाउँपालिका–४ को बेनिटारबाट पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीको टोलीले मुग्लिनबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ना ४० प २६४१ नम्बरको मोटर साइकल चेक जाँचका क्रममा उक्त रकम फेला परेको हो । फेला परेको रकमका बारेमा उनीहरूले प्रहरीलाई स्पष्ट जानकारी दिन नसक्दा उनीहरूलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*